एकसाथ देखिँदै रजनीकान्त र अमिताभ बच्चन

काठमाडौँ, १३ कार्तिक । तमिल तथा हिन्दी फिल्मका अभिनेता रजनीकान्त आफ्नो करियरको १७० औँ फिल्मको सुटिङमा यति बेला व्यस्त छन् । थलाइवर १७० को मुम्बईमा गर्नु पर्ने सुटिङ पूरा भएको छ ।

प्रडक्शन कम्पनीले आफ्नो सामाजिक सञ्जालमा एउटा फोटो शेयर गरेर मुम्बई शेड्युल सकिएको बताएको छ । फोटोमा अमिताभ बच्चन र रजनीकान्तसँगै छन् ।लामो समयदेखि फ्यानहरू यो फिल्मको प्रतीक्षामा थिए । यो फिल्ममा ३३ वर्षपछि पहिलो पटक अभिताभ बच्चन र रजनीकान्त साथसाथै देखिँदै छन् ।

प्रडक्शन कम्पनी लाइका प्रडक्शनले आइतबार आफ्नो ट्विटर ह्यान्डलमा बिग बि र रजनीकान्तको एउटा तस्बिर पोष्ट गरेको थियो । पोस्टमा लेखिएको थियो, ‘जब सुपरस्टार र शहंशाह थलाइवर १७० को सेटमा भेटे । ३३ वर्षपछि स्क्रिनमा पुनः मिलन । मुम्बई शेड्यूल सकियो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज

काठमाडौँ, २ साउन । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका