मेक्सिकोमा ओटिस आँधीका कारण मृत्यु हुनेको संख्या ३९ पुग्यो

एजेन्सी, १३ कार्तिक । मेक्सिकोमा ओटिस आँधीका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा सो आँधीका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको हो । आँधीमा परी १० जना बेपत्ता भएका मेक्सिको सरकारले जनाएको छ ।

करिब ८० प्रतिशत होटेल पूर्वाधारमा क्षति पुगेको र अत्यावश्यक सेवा बन्द भएको अनुमान गरिएको छ । करिब ५५ प्रतिशत क्षेत्रमा विद्युत् आपूर्तिमा क्षति पुगेको बताइएको छ ।

क्षतिग्रस्त अकापुल्कोमा सहयोगको प्रयास जारी राखिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । गृह मन्त्रालयले नेपाल प्रहरीको उमेर हद अध्ययनको लागि एक कार्यदल गठन गरेको छ ।  उपप्रधान एवं

काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले विदेशमा बस्ने नेपाली र नेपालबिचको सम्बन्ध अझ बढी निकट र थप

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । भेटमा समसामयिक

काठमाडौँ, २७ जेठ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने बित्तिकै आएका प्रतिक्रियाहरूबाट आफू सर्प्राइज भएको बताएका छन् । आज