नेपालले युएईलाई दियो १६३ रनको लक्ष्य

काठमाडौँ, १० कार्तिक । नेपाल, युएई र हङकङबीचको टी-२० क्रिकेट सिरिजको फाइनलमा नेपालले युएईलाई १६३ रनको लक्ष्य दिएको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी उपाधि भिडन्तमा युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १६२ रन जोड्यो। नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले २९ बलमा ६ चौका र ३ छक्का हिर्काए। अर्धशतक प्रहार गरेलगत्तै उनी तेस्रो विकेटको रुपमा जाहूर खानबाट ७.३ बोल्ड भएका थिए।

त्यसअघि अर्का ओपनर आसिफ शेख ७ रन र कुशल मल्ल १ रनमै आउट भए। दुवैलाई युएईका आयान खानले बोल्ड गरेका थिए।  रोहितकुमार पौडेलले १८ रन र दीपेन्द्रसिंह ऐरीले २० रन जोड्न सके। दुवैलाई युएईका अली नासीरले आउट गरेका थिए। सन्दीप जोरा १० रन र गुल्सन झा ५ रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो।


सोमपाल कामी पनि व्यक्तिगत १३ रनमा आयान खानबाट बोल्ड भएका थिए। करण केसीले नटआउट २३ रन जोडे। करणले अन्तिम ओभरमा जाहूर खानलाई सुरुवाती पाँच बलमा रन लिन सकेनन् भने अन्तिम बलमा २ रन लिएका थिए। करणले १७ बलमा २ चौका र १ छक्का प्रहार गरे।

नेपालले ६ ओभरको पावरप्लेमा १ विकेटको क्षतिमा ६१ रन र  पहिलो १० ओभरमा ३ विकेटको क्षतिमा ९५ जोडेको थियो। तर त्यसपछिका ओभरमा भने नेपालले लगातार विकेट गुमाउदा रनको गति केही रोकिएको थियो। बलिङमा युएईका आयान खानले ३ विकेट लिन सफल भए। उनले ४ ओभरमा १९ रन खर्चिए। सिरिजमा नेपालले लिग चरणका चारै खेल जितेर फाइनलमा स्थान पक्का गरेको थियो। नेपालले युएई र हङकङ दुवैविरुद्ध उत्कृष्ट खेल देखाउँदा अपराजित रहन सफल भएको हो।

अर्को सातादेखि काठमाडौंमा सुरु हुने टी-२० विश्वकप छनोटअघि नेपालले युएई र हङकङविरुद्ध टी-२० सिरिज खेलेको हो। विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान छन्। नेपालले पहिलो खेल सोमबार सिंगापुरसँग त्रिवि मैदानमै खेल्नेछ। समूहका दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जित्ने दुई टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज