गाजामा आक्रमण रोक्न इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब

एजेन्सी, ९ कार्तिक । गाजामा आक्रमण रोक्न इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । त्यहाँ फसेका र समस्यामा परेका मानिसलाई राहत सामग्री पुर्याउन इजरायल र हमासबीचको लडाइँ रोक्न अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको हो । गएको अक्टोबर ७ तारिखमा इजरायलमा हमास लडाकु समूहले गरेको आक्रमणपछि इजरायलले गाजामा लगातार आक्रमण गरिरहेको छ ।

गाजामा बिजुली, पानी र इन्धनको आपूर्ति बन्द गरिएको छ । मानिसहरु निकै कठिन अवस्थामा बाँच्न बाध्य छन् । अमेरिका, अस्ट्रेलिया र क्यानडा जस्ता देशले मानवीय आधारमा युद्ध रोक्न अपिल गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अस्थायी युद्धविरामको प्रस्ताव गर्नुभएको छ ।

अस्ट्रेलियाका विदेश मन्त्री पेनी वाङले इजरायलले आफ्नो सुरक्षाको अधिकारको प्रयोग कसरी गर्छ भन्ने कुरा नै महत्त्वपूर्ण रहेको बताउनुभएको छ । इजरायलका सहयोगी तथा साझेदार संघसंस्थाहरू पनि गाजाको अवस्थालाई लिएर गम्भीर बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

देश भरिकै एमाले राजनीतिमा एउटा यस्तो बेला थियो बामदेव बर्दिया र एमाले भनेपछि त्यहाँ अर्को अप्सन थिएन । बामदेवको छत्रछायामा

काठमाडौँ, ३० असार । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । स्रोतका अनुसार

काठमाडौँ, ३० असार । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् । आज मन्त्रालयमा आयोजित

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना