चीनका रक्षामन्त्री साङ्फु बर्खास्त

काठमाडौँ, ८ कार्तिक । सार्वजनिक मञ्चमा देखिन छोडेको दुई महिनापछि चीनले रक्षामन्त्री ली साङ्फुलाई औपचारिक रूपमा बर्खास्त गरेको छ ।

 उनलाई हटाउनुको कारण खुलाइएको छैन । चीनले नयाँ रक्षामन्त्रीको हुने भन्ने घोषणा गरेको छैन । सी चिनफिङको मन्त्रिपरिषद्का सदस्य विदेशमन्त्री क्विन ग्याङलाई गत जुलाईमा बर्खास्त गरिएको थियो । उनको बर्खास्ती पछि धेरै उच्च सैन्य अधिकारीहरूलाई पनि हटाइएको र अहिले रक्षामन्त्री पनि बर्खास्तीको सूचीमा परेको बीबीसीले लेखेको छ ।

चीनका शीर्ष विधायकहरूसमेत रहेका उनीहरुलाई हटाउने निर्णय नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिले गरेको चीनको सीसीटीभीले रिपोर्ट गरेको छ । यसै साता बेइजिङमा विदेशी रक्षा अधिकारीहरूलाई चीनले स्वागत गर्ने तयारी गरिरहेको छ । यही समयमा रक्षामन्त्री औपचारिक रुपमा हटाएको हो ।

रोयटर्सले गत महिनागरेको रिपोर्टअनुसार रक्षामन्त्री उपकरण खरिद र विकाससम्बन्धी संदिग्ध भ्रष्टाचारको अनुसन्धानमा तानिएको थिए । उनी पछिल्लो पटक २९ अगस्टमा अफ्रिकी राष्ट्रहरूसँग बेइजिङ सुरक्षा फोरममा सार्वजनिक रूपमा देखिएका थिए। स्याटेलाइट र रकेट प्रक्षेपण केन्द्रबाट आफ्नो करिअर सुरु गरेका एक एयरोस्पेस इन्जिनियर जनरल लीले सैन्य फाँटमा काम गरेका थिए । सन् २०१८ उसले सेनाको उपकरण विकास शाखाको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक हुबहु पारित हुन नसक्ने बताएका छन्

काठमाडौँ, २८ माघ । प्रतिनिधि सभाको बैठक १ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, २८ माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने

काठमाडौँ, २८ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको समय परिवर्तन भएको छ ।  यसअघिको समय परिवर्तन