एसिसी यु-१९ प्रिमियर कपको उपाधि नेपाललाई

काठमाडौँ, ७ कार्तिक । एसिसी यु-१९ प्रिमियर कपको उपाधि नेपालले जितेको छ।

मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा नेपालले युएईलाई १९ रनले पराजित गर्दै एसिसी यु-१९ प्रिमियर कपको उपाधि जितेको हो।

डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएई २६.५ ओभरमा अलआउट भयो। उसले १७८ रन मात्रै जोड्न सक्यो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै यूएईलाई २८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

तर, खेल वर्षाले अवरूद्ध भयो। वर्षाले दुईपटक अवरूद्ध गरेपछि २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य दिइएको थियो। नेपालका लागि आकाश त्रिपाठीले ४, सुवास भण्डारीले ३, आकाश चन्दले २ र हेमन्त धामीले १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले डेनमार्कविरुद्धको यूईएफए नेसन्स लिग खेलअघि राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्

काठमाडौँ, १० असोज । २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्ने भएको छ । समूह ‘ए’ को विजेता बन्दै

काठमाडौँ, ९ असोज । जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । जापानको आइचीस्थित निशिनमा

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी