निजामती कर्मचारीका लागि खुल्यो वैदेशिक अध्ययन छात्रवृत्ति आवेदन

काठमाडौँ, ५ कार्तिक ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखाले वैदेशिक अध्ययन छात्रवृत्तिका लागि निवेदन माग गरेको छ ।

शाखाको अनुसार इच्छुक निजामती कर्मचारीले सूचनामा उल्लेख भएको विवरण खुलाई अद्यावधिक व्यक्तिगत विवरण सहित १० कात्तिकभित्र निवेदन पेस गर्नुपर्नेछ । शाखाले सङ्घीय मामिला तथा सामान्य प्रशासन शाखाको जनशक्ति योजना तथा विकास शाखाले खुल्ला गरेको जापान र अमेरिकाको विभिन्न विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधि तह अध्ययनका लागि आवेदन पेश गर्न सूचित गरेको हो ।

शाखाको अनुसार निजामती सेवा ऐन तथा नियमावलीका प्रावधान र उक्त पत्रमा उल्लेख भएका आधारहरु पूरा भएका मन्त्रालय र मन्त्रालयअन्तर्गत कार्यरत इच्छुक निजामती कर्मचारीहरुले आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्