मदरसामा कक्षाकोठा निर्माणका गर्न पूर्वमन्त्री श्रेष्ठद्वारा सहयोग

बारा, ४ कार्तिक । पूर्वमन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठले मदरसा विद्यालयको कक्षाकोठा निर्माणका लागि सहयोग स्वरूप एक महिनाको तलब प्रदान गरेका छन् ।

मुस्लिम समुदायका बालबालिकाहरूले अध्ययन गर्दै आएको जितपुर सिमरा उपमहानगर वडा नम्बर २० मा स्थित मदरसा भवन जीर्ण भएको भन्दै स्थानीयहरूले गुनासो गरेपछि संघीय सांसद श्रेष्ठले सहयोग स्वरूप आफ्नो एक महिनाको तलब प्रदान गर्ने घोषणा गरेका हुन् । सरकारले संघीय सांसदहरूलाई सुविधा बाहेक मासिक तलब ५० हजार प्रदान गर्ने गर्दछ । उपमहानगरको वडा नं २० मा आयोजित दसैँको शुभकामना आदानप्रदान कार्यक्रममा स्थानीयहरूले गाउँमा बाटोघाटो, शिक्षा, स्वास्थ्य समयमै उपचारमा नपाएको भन्दै संघीय सांसद श्रेष्ठसँग गुनासो गरेका थिए ।

ग्रामीण भेगमा रहेको वडा नं २० मा मुस्लिम समुदायको बाहुल्य रहेको वडा हो । सो वडामा सञ्चालनमा रहेको मदरसा विद्यालयमा कक्षा ५ सम्म अध्यापन हुने हुन्छ ।  विद्यालय भवन अत्यन्तै जीर्ण हुँदा बर्खामा पानी चुहिने, गर्मी महिनामा कक्षाकोठामा विद्यार्थीहरू बस्नै नसक्ने समस्या हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः