नेपालले हङकङलाई ६ विकेटले हरायो

काठमाडौँ, २ कार्तिक । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार खेलिएको खेलमा नेपालले हङ्कङलाई ६ विकेटले पराजित गरेको छ ।

जारी शृंखलामा नेपालको यो दोस्रो जित हो । यसअघि बुधबार खेलिएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा बिहीबार टर हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १९.३ ओभरमा अलआउट हुनुअघि ९४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १३.५ ओभरमा चार विकेट गुमाएर ९९ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान गरे । कप्तान रोहित पौडेलले अविजित २५ रन बनाए । उनले २० बलमा दुई छक्का र एक चौका हिर्काए । गुल्सन झाले पनि अविजित १४ रनको योगदान गरे । उनले पाँच बलमा दुई छक्का प्रहार गरे । नेपालले अतिरिक्त रुपमा ६ रन पायो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले डेनमार्कविरुद्धको यूईएफए नेसन्स लिग खेलअघि राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्

काठमाडौँ, १० असोज । २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्ने भएको छ । समूह ‘ए’ को विजेता बन्दै

काठमाडौँ, ९ असोज । जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । जापानको आइचीस्थित निशिनमा

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी