त्रिविद्वारा १२ आंगिक क्याम्पसलाई नयाँ कार्यक्रम सञ्चालन अनुमति

काठमाडौँ, १ कार्तिक । त्रिभुवन विश्वविद्यालयले १२ वटा अांगिक क्याम्पसहरुलाई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति दिएको छ । त्रिवि प्राज्ञिक परिषद्ले १२ क्याम्पसलाई बीएससी-सीएसआईटी, बीबीए, बीबीएस, बीआईएम लगायतका कार्यक्रम सञ्चालनको अनुमति दिएको हो ।

जस अनुसार महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगर, मेची बहुमुखी क्याम्पस झापा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरलाई बीएससी–सीएसआईटी, भक्तपुर बहुमुखी क्याम्पस भक्तपुरलाई बीआइटी, डिग्री क्याम्पस विराटनगरलाई बीआईटी र बीबीए, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा बीआईटी, पाटन संयुक्त क्याम्पसमा बीबीएम, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरमा बीआईसीटी कार्यक्रम सञ्चालन अनुमति दिएको छ ।

परिषद्ले सरस्वती क्याम्पस काठमाडौंमा स्नातक तहमा पत्रकारिता र ग्रामीण विकास, स्नातकोत्तरमा हाइड्रोलोजी र मेटोरोलोजी विषय थप गरेको छ । धौलागिरी बहुमुखी क्याम्पस बाग्लुङमा स्नातकोत्तर तहमा अंग्रेजी र गोरखा क्याम्पस गोरखामा स्वास्थ्य विषयमा स्नातकोत्तर तहको कार्यक्रम सञ्चालनको अनुमति दिएको छ ।

अमृत क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस भक्तपुर, पद्यकन्या क्याम्पसमा एमआइटी, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा मास्टर इन पावर इलेक्ट्रोनिक्स एन्ड ड्राइभ्स इन्जिनियरिङ, पद्यकन्या क्याम्पसमा लैंगिक अध्ययन, भक्तपुर बहुमुखी क्याम्पसमा बीएसडब्लु, नेपालगञ्ज क्याम्पसमा, त्रिभुवन क्याम्पस पाल्पामा बीसीए, जुम्ला क्याम्पस जुम्लामा एमबीएस अध्यापन अनुमति पाएको छ । परिषद्ले मानविकी संकायको स्नातकोत्तर तहमा योग विज्ञान विषय अध्यापनको लागि स्वीकृति दिएको छ भने गभर्नेन्स एन्ड एन्टीकरप्सन स्टडीज कार्यक्रमको नाम पब्लिक पोलिसी गभर्नेन्स एन्ड एन्टीकरप्सन स्टडिज बनाइएको परिषद् कार्यालय प्रमुख यमन बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा बैठक

काठमाडौँ, १४ असोज । प्रधानमन्त्री वालेन्द्र शाहज्यूले सांसद्हरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन्  । आज सिंहदरबारस्थित प्रधानमन्त्री

काठमाडौँ, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप

काठमाडौँ, १४ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रदेश