चौंथो उपत्यका व्यापी करातेको उपाधी लुभु डोजोलाई

भक्तपुर, ३० असोज । सञ्जवि दुलाल । चौंथो उपत्यकाब्यापी कराते प्रतियोगिताको उपाधी लुभु डोजोले उचालेको छ ।

विद्या आर्जन शाखा डोजोको आयोजनामा भएको चौंथो उपत्यका व्यापी कराते प्रतियोगिताको उपाधी लुभु डोजोले उचालेको हो । डोजोले १० स्वर्ण २ रजत र ३ कास्य सहित अग्र स्थान हाँसिल गरेको थियो । यस्तै मध्यपुर थिमीको नगदेश डोजोले २ स्वर्ण ४ रजत र ४ कास्य सहित दोस्रो र काभ्रे डोजो २ नै स्वर्ण सहित ३ कास्य र ५ रजत पदक सहित तेस्रो भएको छ ।

खेलमा भक्तपुर, काठमाडौं ,ललितपुर र काभ्रे जिल्लाबाट १७ डोजाका ३ सय खेलाडीहरु सहभागी रहेका थिए । खेलमा महिला तर्फ २० केजी देखि ५५ केजी र खुल्ला र पुरुष तर्फ २० केजी देखि ६० केजी सम्म र खुल्ला तर्फको खेल भएको थियो । साथै महिला पुरुष दुवैको एकल काता सहभागी रहेको थियो ।

उमेर समूहको उपाधी प्यारागन डोजोलाई

यस्तै उमेर समूह अन्तर्गत खेलाईएको प्यारागन डोजोले ६ स्वर्ण सहित पहिलो हुँदै जुनियर तर्फ उपाधी हाँसिल गरेको छ । डोजोले ६ स्वण १ रजत र ४ कास्य पदक हाँसिल गरेको थियो । यस्तै २ स्वर्ण ३ रजत र ११ कास्य सहित विद्या आर्जन डोजो दोस्रो हुन सफल भएको थियो भने १ स्वर्ण २ रजत र २ कास्य सहित डेमस स्कुल डोजो तेस्रो भएको थियो । यस्तै उमेर समूह अन्तर्गत १० वर्षका विद्या आर्जन स्कुलका सुलभ भुजेल उत्कृष्ठ खेलाडी भएका थिए । उमेर समूह अन्तर्गत ७ वर्ष देखि १२ सम्मका महिला पुरुष खेलाडीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३