कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन

काठमाडौँ, २६ असोज । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले गत साउन ३० गते सार्वजनिक गरेको नतिजामा चित्त नबुझी पुनर्योगको लागि निवेदन दिएका परीक्षार्थीको अन्तिम चरणको पुनर्योगको नतिजा प्रकाशन गरेको हो ।

कार्यालयले परिवर्तित ग्रेडसिट लिनका लागि अबको १० दिन पश्चात सक्कल ग्रेडसिटसहित बोर्डको सम्बन्धित कार्यालय मार्फत परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न सूचित गरेको छ । कार्यालयको अनुसार प्रकाशित नतिजामा चित्त नबुझेको खण्डमा १५ दिनभित्र प्रति विषय दुई हजार तिरेर उत्तरपुस्तिका हेर्न सक्नेछन् ।

बोर्डले गत २६ वैशाखदेखि ५ जेठसम्म परीक्षा सञ्चालन गरेको थियो । उक्त परीक्षामा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः