महासमिति सदस्य निर्वाचनको चटारोमा कांग्रेस

काठमाडौँ, २४ असोज । नेपाली कांग्रेस महासमिति सदस्य चयनमा जुटेको छ ।

साउन २–८ को केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार कांग्रेस महासमिति सदस्य चयनमा जुटेको हो । असोज मसान्तभित्र महासमिति सदस्यको निर्वाचन सक्नेगरी अघि बढेको कांग्रेसमा ४३ जिल्लाबाट प्रतिनिधि छनोट भइसकेका छन् । बाँकी ३४ जिल्लामा पार्टी जिल्ला समितिको बैठक बसेर महासमिति सदस्य छनोट गर्न जिल्ला तहका नेता कार्यकर्ताहरू जुटेका हुन् ।

पार्टीको माहधिवेशन भएको करिब दुई वर्षपछि महासमिति बैठक गर्न लागेको पार्टीले उक्त भेलामा सहभागिता जनाउने महासमिति सदस्य चयनसमेत भर्खर गर्दैछ । विधानअनुसार महाधिवेशन प्रतिनिधि छनोटलगत्तै महासमितिको मनोनयन हुने र महाधिवेशन प्रतिनिधिहरूमध्येबाट त्यही बखत महासमिति सदस्यको छनोट गर्नुपर्ने व्यवस्था छ ।

महाधिवेशन प्रतिनिधि जितेकाहरूबाट महासमिति सदस्यमा सर्वसहमत छनोट गर्ने यदि सर्वसहमत हुन नसके वडाबाटै छनोट भएर आएका क्षेत्रीय प्रतिनिधिहरूको मतदानबाट महासमिति सदस्य छनोट गर्नुपर्ने व्यवस्था कांग्रेसको विधानमा छ । तर, कांग्रेसले त्यसलाई व्यावहारिक तवरबाट लागु गर्न सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले

काठमाडौँ, २ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको बताएका छन्

काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण