हार्वर्डकी प्राध्यापक गोल्डिनलाई नोबेल पुरस्कार

काठमाडौँ, २३ असोज । महिलाको श्रम बजारका योगदानबारे गरिएको खोजका लागि अमेरिकी हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ।

स्वीडेनको स्टकहोमस्थित रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजका महासचिव हान्स एलेग्रेनका अनुसार सोमबार घोषणा गरिएको पुरस्कार विजेता गोल्डिन अर्थशास्त्रतर्फको विधामा पुरस्कृत तेस्रो महिला हुन्।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार लागि गठित समितिका अध्यक्ष ज्याकोब स्वेन्सनले भने, ‘श्रम बजारमा महिलाको भूमिकालाई बुझ्नु समाजका लागि महत्वपूर्ण छ। क्लाउडिया गोल्डिनको आधारभूत अनुसन्धानबाट हामी अब अन्तर्निहित कारकहरूको बारेमा धेरै बुझ्न सक्नेछौं। यसले भविष्यमा हुने महिला श्रम कठिनाईलाई सम्बोधन गर्न आवश्यक सहयोग पुग्नेछ।’

‘क्लाउडिया गोल्डेनको खोजले महिला श्रम बजारमा व्यापक सामाजिक प्रभाव पार्छ,’ पुरस्कार समितिका सदस्य र्‍यान्डी हजलमार्सनले भने, ‘अन्ततः समस्यालाई बुझेर र यसलाई सही नामले पुकारेर, हामी अझ राम्रो तरिकाले अगाडि बढ्न सक्षम हुनेछौं।’

यसअघि चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्ति विधाका लागि पुरस्कारहरू गत साता घोषणा गरिसकिएको छ । सन् १९६८ मा स्वीडेनको केन्द्रीय बैंकले स्थापना गरेको अर्थशास्त्र पुरस्कारलाई औपचारिक रूपमा अल्फ्रेड नोबेलको स्मृतिमा आर्थिक जगत्मा ‘बैंक अफ स्वीडेन पुरस्कार’को रूपमा चिनिन्छ।

सन् २००७/०८ को वित्तीय सङ्कटमा अमेरिकाको आक्रामक प्रतिक्रियालाई आकार दिन मद्दत गर्ने बैंकको असफलताबारे अनुसन्धान गरेका कारण गत वर्ष फेडरल रिजर्भका पूर्वअध्यक्ष बेन बर्नान्के, डगलस डब्लु डायमन्ड र फिलिप डाइभिगले पुरस्कार जितेका थिए। रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडैँ, १३ भदाै । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका

काठमाडौँ, १३ भदाै । नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारू गरेको छ । यसबाट उक्त जलविद्युत्

काठमाडौँ, १३ भदाै । नेपाल प्रहरीले कञ्चनपुरबाट दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ । आज दिउँसो कर्नाटकबाट आएका भारतीय प्रहरीका

काठमाडौँ, १३ भदाै । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सुरु गरेको छ । शुक्रबारबाट