हमासको आक्रमणमा आफ्नो ‘प्रत्यक्ष संलग्नता’ इरानद्वारा अस्वीकार

एजेन्सी, २२ असोज । संयुक्त राष्ट्रसंघका लागि इरानको मिसनले दक्षिणी इजरायलमा हमास लडाकुहरूले गरेको आक्रमणमा आफू संलग्न नभएको बताएको छ ।

समाचार एजेन्सी रोयर्सका अनुसार मिसनले आइतवार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामी प्यालेस्टाइनको समर्थनमा दृढताका साथ खडा छौँ । तर प्यालेस्टाइनको यो प्रतिक्रियामा हामी संलग्न छैनौँ । यो कारबाही प्यालेस्टाइनको तर्फबाट मात्रै गरिएको हो ।’

यसअघि हमासले शनिबार भएको आक्रमणमा इरानले सहयोग गरेको दाबी गरिएको थियो । इरानले वर्षौंदेखि हमासलाई समर्थन गर्दै आएको छ र आफ्ना लडाकुहरूलाई हतियार र तालिम प्रदान गर्दै आएको छ। चरमपन्थी समूहले इरानको सहयोगले नियोजित आक्रमण गर्न मद्दत मिलेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौँडा, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान

मकवानपुर, २४ भदौ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ

काठमाडौँ, २४ भदौ । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको