‘टेरामोक्सले व्यक्ति व्यक्तिबिच फोनकल रेकर्ड गर्दैन’

काठमाडौँ, २२ असोज । दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षण/न्यूनीकरण गर्न तथा सेवाप्रदायकको नेटवर्कबाट हुने कलको मापन गर्न प्राधिकरणले कार्यान्वयनमा ल्याउन लागेको टेलिकम्युनिकेसन्स ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामोक्स) ले व्यक्ति व्यक्तिबिच फोनकल रेकर्ड नगर्ने नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्ट पारेको छ ।

पछिल्लो समय विवादित बनेको टेरामोक्सको प्राविधिक पक्षबारे जानकारी गराउन आइतबार प्राधिकरणले आयोजना गरेको कार्यक्रममा टेरामोक्सले दूरसञ्चार क्षेत्रको घट्दो आम्दानीको कारण पत्ता लगाउन सहयोग गर्ने र सेवाको गुणस्तर बढाउन सहयोग पुर्‍याउने दाबी गरिएको हो । टेरामोक्स जडानको जिम्मेवारी पाएको लेबनानको भेराइज सोलुसन्सका प्राविधिकसमेत रहेका मोहम्मद हर्बले यो प्रणाली व्यक्तिको कुराकानी रेकर्ड गर्ने गरी निर्माण नगरिएको बताए । “सेवाप्रदायकबाट प्राप्त तथ्याङ्कको एकमुष्ट ग्रहण गर्ने र त्यसको विश्लेषणमा यो प्रणालीले सहयोग पुर्‍याउँछ,” उनले भने, “हल्ला भएजस्तो कलको रेकर्ड भने गर्दैन ।” आजको गोरखापत्र दैनिकमा समाचार छ । आजको गोरखा पत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ