निजी विद्यालयलाई निषेध गर्ने कुरा संविधानसम्मत हुँदैन: मन्त्री राई

काठमाडौँ, २१ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले निजी लगानीमा सञ्चालित विद्यालयलाई पूर्णत: निषेध गर्न नसकिने बताएका छन् ।

शिक्षा विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरूले राखेका जिज्ञासाको आइतबार जवाफ दिँदै उनले निजीलाई निषेध गर्ने कुरा संविधानसम्मत नहुने बताए । उनले संविधानको उक्त व्यवस्थाअनुसार नै शिक्षा विधेयकमा निजी विद्यालयलाई गुठीमा जाने हो भने बाटो खुलाइएको बताए ।

मन्त्री राईले भने, ‘निजी क्षेत्र विद्यालय प्रोत्साहन दिइयो भन्ने आएको छ । संविधानको धारा ५१ को खण्ड (च) मा भएको व्यवस्थाले निजी क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामुलक बनाउनेतर्फ जानुपर्ने कुरा निर्देशित गरेको छ । निजी विद्यालय गुठीमा जाने भए बाटो खोल्ने र अब दर्ता हुने निजी विद्यालय स्थानीय तहको स्वीकृति र गैरनाफामुलुक गुठीमा दर्ता हुने गरी व्यवस्था गरिएको छ । निजी लगानीका विद्यालयलाई पूर्णत: निषेध गर्ने कुरा संविधानसम्मत हुन्न ।’

उनले संविधानसम्मत ढंगले शिक्षा विधेयक बनाइएको  बताए । आधारभूत शिक्षा नि:शुल्क र अनिवार्य तथा माध्यमिक शिक्षा नि:शुल्क गर्ने संविधानकै व्यवस्थालाई विधेयकमा राखिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा बैठक

काठमाडौँ, १४ असोज । प्रधानमन्त्री वालेन्द्र शाहज्यूले सांसद्हरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन्  । आज सिंहदरबारस्थित प्रधानमन्त्री

काठमाडौँ, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप

काठमाडौँ, १४ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रदेश