‘महाजात्रा’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री

काठमाडौँ, २१ असोज । फिल्म ‘महाजात्रा’ले घोषणादेखि नै विदेश प्रदर्शन अधिकार बिक्री हुँदै आएको छ ।

निर्माताले गत महिना फिल्मको औपचारिक घोषणा गरेदेखि नै ‘महाजात्रा’ को अन्तर्राष्ट्रिय बिक्री हुन थालेको हो । निर्माताद्वय म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय अधिकार ‘सोल्डआउट’ भएको जनाएको छ ।

पोष्टरमा विपिन कार्की, रविन्द्रसिंह र रविन्द्र झा देखिएका छन् । अष्ट्रेलियामा रहेको एमएसएम इन्टरटेनमेन्टले फिल्मको भारतबाहेक अन्य अन्तर्राष्ट्रिय बजारको राइट खरिद गरेको हो ।

निर्देशक प्रदीप भट्टराईले जीवन समृद्ध तुल्याउने सपना र त्यसको व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई फिल्ममा रोचक रुपले प्रस्तुत गरिने बताए । ‘महाजात्रा’ लाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्नेछन् । प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी छन् । दशैंलगत्तै फिल्म छायांकन सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर