अर्थतन्त्रले धान्ने र संविधानले मान्ने गरी शिक्षकका माग पूरा गर्छौं: मन्त्री राई

काठमाडौँ, २१ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले शिक्षकहरुका सबै जायज माग सम्बोधन गरिने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिँदै उनले अर्थतन्त्रले धान्ने र संविधानले मान्ने गरी शिक्षकका माग पूरा प्रतिबद्दता जनाए । शिक्षक महासंघ र राहत शिक्षकसँग भएको सहमति कार्यान्वयनको आधार के हो भनी सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै शिक्षामन्त्री राइले सहमति कार्यान्वयनका लागि सरकार सकारात्मक रहेको बताएका छन् ।

संसदको प्रक्रियामार्फत नै माग सम्बोधन गर्न प्रयास गर्नेगरी सहमति भएको उनको भनाइ छ । विद्यालय शिक्षा विधेयक दर्ता भएपछि शिक्षकहरुको आन्दोलन भएको थियो । आन्दोलनका क्रममा सरकारले दुई वटा सम्झौता गरेको छ । संसदमा विधेयक दर्ता भएपछि शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । आन्दोलन फिर्ता गराउन सरकारले शिक्षकहरूसँग असोज ५ गते ६ बुँदे सम्झौता गरेको छ । राहत शिक्षकले चित्त नबुझाएपछि सरकारले उनीहरूसँग असोज १२ गते अर्को सम्झौता गरेको छ ।

उनले भनेका छन्, ‘उपयुक्त र जायज मागहरुलाई जसले शिक्षालाई उन्नयन गर्न मद्दत गर्छ, शिक्षललाई सम्मानित गर्न र सही ढंगले क्रियाशल बनाउँछ त्यस सन्दर्भमा सरकार सकारात्मक रहन्न्छ । अर्थतन्त्रले धान्ने र संविधानले मान्ने सिमाभित्र रहेर शिक्षकका सबै माग पुरा गर्छौ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा बैठक

काठमाडौँ, १४ असोज । प्रधानमन्त्री वालेन्द्र शाहज्यूले सांसद्हरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन्  । आज सिंहदरबारस्थित प्रधानमन्त्री

काठमाडौँ, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप

काठमाडौँ, १४ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रदेश