इजरायल युद्धमा फसेकी अभिनेत्री नुसरत सम्पर्कमा

काठमाडौँ, २१ असोज । हमास विद्रोहीको शक्तिशाली आक्रमणपछि इजरायलको परिस्थिति कठिन बनेको छ । घटनामा ३०० इजरायली र २३० जनाभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन् ।

हमासको आक्रमणपछि इजरायलमा बलिउड अभिनेत्री नुसरत भरुचा फसिन् । गएको शनिबार दिउँसो साढे १२ बजे नुसरतले अन्तिम पटक परिवारसँग कुरा गरेकी थिइन् । यसपछि उनलाई लिएर नयाँ खबर थिएन । पारिवारिक स्रोतका अनुसार नुसरत यतिबेला भने सम्पर्कमा आएकी छन् ।

आइतबार दिउँसो २ बजे उद्धार उडानमार्फत उनलाई मुम्बई लैजाने जनाइएको छ । नुसरतले आफू बेसमेन्टमा लुकेको बताएकी छन् ।

नुसरतको टोलीका एक सदस्यले विज्ञप्ति जारी गर्दै नुसरत इजरायलमा फसेको जनाएका थिए । हाइफा फिल्म फेस्टिभलमा सहभागी हुन नौ दिनअघि उनी भारतबाट इजरायल गएकी थिइन् । टोलीले उनीसँग शनिबार दिउँसो साढे १२ बजे अन्तिम पटक कुराकानी गरेको थियो । कुराकानीका क्रममा नुसरतले आफू बेसमेन्टमा लुकेर सुरक्षित रहेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले

काठमाडौँ, २ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको बताएका छन्

काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण