इजरायल पुगेकी बलिउड अभिनेत्री सम्पर्कविहीन

काठमाडौँ, २१ असोज । इजरायल पुगेकी एक बलिउड अभिनेत्री शनिबारदेखि सम्पर्कविहीन भएकी छन् ।

हमास र इजरायलबिचको पछिल्लो संघर्षका कारण त्यहाँको अवस्था असामान्य बनेसँगै उनी सम्पर्कविहीन भएकी हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार बलिउड अभिनेत्री नुसरत भरुचा इजरायलमा ‘हाइफा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी हुन गएकी थिइन् ।

उनको टिमकै एक सदस्यले उनी सम्पर्कविहीन भएको जानकारी दिएका हुन् । सुरक्षा उपायका दृष्टिकोणले थप विवरण सार्वजनिक गरिएको छैन । यद्यपि, उनीसँग अन्तिम पटक सम्पर्क हुँदा एक बेसमेन्टमा सुरक्षित रहेको जानकारी आएको तर त्यसपछि भने कुनै सम्पर्क नभएको उनको टिमका सदस्यको भनाइ छ ।

अकेलीफिल्ममा यस्तै परिस्थिति झेलेको युवतीको भूमिकामा थिइन् नुसरत
गत अगस्ट महिनामा नुसरत अभिनित फिल्म ‘अकेली’ प्रदर्शनमा आएको थियो । नुसरतले इन्स्टाग्राममा आफ्ना प्रशंसकका लागि एउटा भिडियो पोस्ट गर्दै लेखेकी थिइन्, ‘अकेली– जीवनको रक्षाका लागि एक साधारण युवतीको लडाइँ ।’

उक्त फिल्ममा एक भारतीय युवतीको संघर्ष देखाइएको छ जो युद्धग्रस्त इराकमा एक्लै फस्छिन् । विभिन्न बाधा–व्यवधानका बाबजुद बाँच्नका लागि ती युवतीले संघर्ष गरेको कथामा आधारित चलचित्र हो – अकेली ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले

काठमाडौँ, २ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको बताएका छन्

काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण