काठमाडौँ, १७ असोज । बलिउड अभिनेता आमिर खानले नयाँ फिल्मका लागि अर्का अभिनेता सन्नी देओललाई लिएका छन् ।
जसअनुसार अब आमिरले सन्नी देओल स्टारर फिल्म ‘लाहोर १९४७’ निर्माण गर्नेछन् । यो फिल्मलाई निर्देशक राजकुमार सन्तोषीले निर्देशन गर्नेछन् । आमिर खान प्रोडक्सनले मंगलबार अक्टोबर ३ मा फिल्मको घोषणा गरेको हो ।
फिल्मको घोषणा गर्दै आमिर खान प्रोडक्सनले भनेको छ, ‘म, सन्नी देओल र राजकुमार सन्तोषीले फिल्म लाहोर, १९४७ को लागि हात मिलाएको घोषणा गर्न पाउँदा निकै खुसी लागेको छ । मलाई आशा छ, यो यात्रा अद्भूत छ । हामीलाई तपाईंको प्रार्थना चाहिन्छ ।’