विद्यार्थीहरू विदेश पलायनबारे गहिरो अध्ययन गरौँ : शिक्षामन्त्री राई

काठमाडौँ, १६ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे गहिरो अध्ययन आवश्यक रहेको बताएका छन् ।

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा नेपाल विश्वविद्यालय विधेयकमाथि भएको छलफलमा शिक्षामन्त्री राईले नयाँ विश्वविद्यालयहरूले नयाँ ढंगले पाठ्यक्रम तर्जुमा गरेकाले विदेश जाने विद्यार्थीलाई रोक्ने सम्भावना रहेको बताए ।

उनले भने, “विद्यार्थीहरू विदेश पलायन हुनेबारे रिसर्च गरौँ । यसको गहिरो अध्ययन गर्नुपर्‍यो भन्ने मैले स्मरण गरिराखेको छु । अहिले भएका विश्वविद्यालयबाहेक अरू विश्वविद्यालय थप्दै गएका छौँ । पाइप लाइनमा अरू पनि छन् । यस्तो विश्वविद्यालयले नयाँ ढंगले पाठ्यक्रम तय तर्जुमा गर्दा नयाँ टिमले नयाँ उत्साहका साथ काम गर्दा विदेश जाने विद्यार्थीलाई रोक्ने सम्भावना रहन्छ भन्ने देखिएको छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः