विद्यार्थीहरू विदेश पलायनबारे गहिरो अध्ययन गरौँ : शिक्षामन्त्री राई

काठमाडौँ, १६ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे गहिरो अध्ययन आवश्यक रहेको बताएका छन् ।

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा नेपाल विश्वविद्यालय विधेयकमाथि भएको छलफलमा शिक्षामन्त्री राईले नयाँ विश्वविद्यालयहरूले नयाँ ढंगले पाठ्यक्रम तर्जुमा गरेकाले विदेश जाने विद्यार्थीलाई रोक्ने सम्भावना रहेको बताए ।

उनले भने, “विद्यार्थीहरू विदेश पलायन हुनेबारे रिसर्च गरौँ । यसको गहिरो अध्ययन गर्नुपर्‍यो भन्ने मैले स्मरण गरिराखेको छु । अहिले भएका विश्वविद्यालयबाहेक अरू विश्वविद्यालय थप्दै गएका छौँ । पाइप लाइनमा अरू पनि छन् । यस्तो विश्वविद्यालयले नयाँ ढंगले पाठ्यक्रम तय तर्जुमा गर्दा नयाँ टिमले नयाँ उत्साहका साथ काम गर्दा विदेश जाने विद्यार्थीलाई रोक्ने सम्भावना रहन्छ भन्ने देखिएको छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । रोल्पाको माडी गाउँपालिका–५ मा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १ फागुन । सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भारत महाराष्ट्रका

काठमाडौँ, १ फागुन । सिन्धुलीमा भैँसीले हान्दा एकजनाको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका–३, नौबिसेका ७५

काठमाडौँ, १ फागुन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४