भारतले दियो नेपाललाई दुई सय तीन रनको लक्ष्य

काठमाडौँ, १६ असोज । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको सेमिफाइनलमा पुग्न नेपालले दुई सय तीन रन बनाउनु पर्ने भएको छ ।

प्रतियोगिताको क्वार्टरफाइनल खेलमा भारतले नेपाललाई दुई सय तीन रनको लक्ष्य दिएको हो । हान्झाउस्थित जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको हो ।

भारतका लागि ओपनर यशस्वी जैसवालले शतक प्रहार गरे । सर्वाधिक रन बनाएका जैसवालले ४९ बल खेल्दै ८ चौका र ७ छक्का मद्दतमा १०० रन बनाए । जैसवालले कप्तान रुतुराज गाएकवाडसँग पहिलो विकेटका लागि शतकीय साझेदारी गर्दै सानदार सुरुआत दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण