भारतविरुद्ध दीपेन्द्रले दिलाए पहिलो सफलता 

काठमाडौँ, १६ असोज । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले पहिलो विकेट लिएको छ ।

चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले पहिलो सफलता दिलाएका हुन् । १०औं ओभर बलिङका लागि आएका दीपेन्द्रले पाँचौँ बलमा भारतका कप्तान रितुराज गाइकवाडलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच आउट गराएका हुन् । गाइकवाड २५ रन बनाएर आउट भए ।

जारी खेलको १० ओभर समाप्त हुँदा भारतले एक विकेट गुमाएर १०४ रन बनाएको छ । भारतबाट हाल क्रिजमा रहेका यशस्वी जयसवाल ७३ र तिलक वर्माले एक रनमा खेलिरहेका छन् ।

आजको नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित आशिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करन केसी, अभिनाष बोहोरा, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन् । नेपाली टोली समूहगत चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  ‘बकर इद (इद उल अजहा)’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश

काठमाडौँ, ३ असार । जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार स्वागत समारोह आयोजना गरेको छ

काठमाडौँ, ३ असार । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ‘इद–उल–अज्हा’ (बकर इद), २०८१ को अवसरमा सम्पूर्ण

काठमाडौँ, २ असार । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि पारित भएको छ । समितिका