एक्समा लाइभ भिडियो गेम स्ट्रिमिङ परीक्षण गर्दै इलन मस्क

एजेन्सी, १६ असोज । एक्स (पहिला ट्विटर)ले भर्खरै प्रस्तुत गरेको नयाँ फिचर्सले प्रयोगकर्ताहरुलाई प्लेटफर्ममा लाइभ भिडियोहरु प्रसारण गर्न अनुमति दिन्छ। अहिले कम्पनीले ट्विच जस्तो भिडियो गेम स्ट्रिमिङ फिचर्स परीक्षण गरिरहेको देखिन्छ ।

इलन मस्कले आफ्नो गेमिङ ह्यान्डल ‘@cyb3rgam3r420’, मार्फत एक पोस्ट सेयर गरेका छन्। जसमा ब्लिजार्डको डियाब्लो पीभीपी एरिना गेमप्लेको एक घण्टाको नयाँ भिडियो गेम स्ट्रिमिङ गर्दै गरेको देखाइएको छ। स्ट्रिम राम्रोसँग हेर्न सकिने छ। तर भिडियोको क्वालिटी (गुणस्तर) परिवर्तन गर्ने सकिने विकल्प भने छैन ।

यस वर्षको जुनमा मस्कले एक्सले लाइभ भिडियो गेम स्ट्रिमिङ क्षेत्रमा आउने योजनामा रहेको संकेत गरेका थिए। मस्कले एक्समा भिडियो गेम स्ट्रिमिङ गरेको पोस्ट राख्नु एक दिन अघि ट्विचले नयाँ नियमहरू प्रस्तुत गरेको थियो जसले ब्रान्डेड कन्टेन्टबाट पैसा कमाउने स्ट्रिमरहरूलाई प्रत्यक्ष असर पारेको थियो। यस पछि, धेरै भिडियो गेम प्लेयरहरूले स्ट्रिमिङ बन्द गरे र यूट्यूब गेमिङ र फेसबुक लाइभ जस्ता विकल्पहरूमा स्तान्तरण भए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ