काठमाडौँ, १५ असोज । शाहरुख खान स्टारर ‘जवान’ले प्रदर्शनको २५ औं दिनमा भारतीय बक्स अफिसमा नयाँ कीर्तिमान रचेको छ ।
एट्ली निर्देशित फिल्मले चौथो सातामा कमाइमा बेञ्चमार्क खडा गरेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार ‘जवान’ ६०० करोड भारु कमाउने पहिलो बलिउड फिल्म बनेको छ । ‘एक जनाको लागि एक टिकट फ्री’ अफरले फिल्मलाई फाइदा पुगेको विश्लेषण गरिएको छ ।
चौथो सप्ताहन्तमा शनिबार र आइतबार ‘जवान’ले भारतमा १७.३ करोड भारु नेट कलेक्सन गरेको छ । २५ दिनमा हिन्दी, तमिल र तेलुगूसहित फिल्मको कुल कलेक्सन अहिले ६०४.२५ करोड भारु पुगेको छ ।