अभिनेता अनमाेल केसी हाजिरी जमानीमा रिहा

काठमाडौँ, १५ असोज । अभिनेता अनमोल केसीलाई हाजिरी जमानीमा रिहा गरिएकाे छ । उनलाई खाेजेकाे समयमा हाजिर हुने गरी हिजाे रिहा गरिएकाे  जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ  ।

अभिनेता केसीको स्वास्थ्य अवस्था, प्रमाण लोप गर्न सक्ने अवस्था र उनी भागी जाने सम्भावना नरहेकाले अनुसन्धान अधिकृतले कुनै जिम्मेवार व्यक्तिले खोजेको बेलामा उपस्थित हुने गरी जिम्मामा छोड्न सक्ने कानुनी व्यवस्था भएअनुसार जमानीमा छाडिएकाे ढुङ्गेलले बताए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी यही असोज १२ गते भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो ।

चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले १० लाख रुपैयाँ लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भनी जाहेरी परेपछि त्यही जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२/०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास

काठमाडौँ, १५ वैशाख । तयारी सकिएको तथा मनपरी योजना राखिएको भन्दै राष्ट्रिय योजना आयोगले आयोजना बैंक खाली गरेर पुनः प्रविष्टि

काठमाडौँ, १५ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार

काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप