राहत शिक्षक अझै सडकमा

काठमाडौँ, ११ असोज । राहत शिक्षकहरूले बिहीबार पनि काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।

सरकार र नेपाल शिक्षक महासंघसँगको सहमतिमा आफूहरूको मागप्रति सरकारले कुनै सुनुवाइ नगरेको भन्दै राहत, पेन्सन वञ्चित, उमावि अनुदान, अस्थायी/करार बालविकास शिक्षक, कर्मचारी र कार्यालय सहयोगीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

उनीहरूले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म विरोध र्‍याली निकालेका छन् । शिक्षकहरूको विरोधका कारण बिहीबार पनि सो क्षेत्रको यातायात व्यवस्था अस्तव्यस्त भएको छ । उनीहरूले विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोध गरेका छन् ।

राहत शिक्षकले शतप्रतिशत आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउनुपर्ने र बालविकास शिक्षकहरूले बालविकास केन्द्र विद्यालय संरचनाभित्र ल्याउनुपर्ने, बालविकास शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने, बालविकास शिक्षकलाई आधारभूत तह शिक्षकसरह तलब हुनुपर्नेलगायत माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः