एजेन्सी, ११ असोज । उत्तर कोरियाले आणविक हतियारलाई आफ्नो संविधानको हिस्सा बनाएको छ ।
बुधबार उत्तर कोरियाका नेता किम जोङ उनले आणविक बल निर्माणको नीतिलाई राज्यको आधारभूत कानुनका रूपमा स्थायी बनाइएको बताएका हुन् ।
किमले अमेरिका, दक्षिण कोरिया र जापानबीचको त्रिपक्षीय सहकार्यलाई ‘एसियाली नेटो’ भन्दै निन्दा गरेका छन् । अमेरिका र पश्चिमी वर्चस्वको रणनीतिविरुद्ध उभिएका राष्ट्रसँग ऐक्यबद्धता बढाउन उनले आग्रह पनि गरेका छन् ।