क्रिकेटर हकले गरे सन्यास लिने घोषणा

काठमाडौँ, ११ असोज । अफगानिस्तानका क्रिकेटर नवीन उल हकले आगामी विश्वकप लगत्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

आईसीसी एकदिवसीय विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदै छ । दायाँ हाते मध्यम तेज गतिका बलर नवीन उह हकले २४ वर्षको उमेरमै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका हुन् ।

नवीन उल हकले हालसम्म अफगानिस्तानका लागि सातवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र खेलेका छन् । उनले सात एकदिवसीय खेलमा १४  विकेट लिएका छन् । टी—२० अन्तर्राष्ट्रिय प्रतियोगितामा भने उनले नियमित रूपमा सहभागिता जनाउँदै आएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो सन्न्यासको निर्णय सार्वजनिक गरेका हुन् । उनले आफ्ना समर्थकलाई धन्यावाद पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्