क्रिकेटर हकले गरे सन्यास लिने घोषणा

काठमाडौँ, ११ असोज । अफगानिस्तानका क्रिकेटर नवीन उल हकले आगामी विश्वकप लगत्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

आईसीसी एकदिवसीय विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदै छ । दायाँ हाते मध्यम तेज गतिका बलर नवीन उह हकले २४ वर्षको उमेरमै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका हुन् ।

नवीन उल हकले हालसम्म अफगानिस्तानका लागि सातवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र खेलेका छन् । उनले सात एकदिवसीय खेलमा १४  विकेट लिएका छन् । टी—२० अन्तर्राष्ट्रिय प्रतियोगितामा भने उनले नियमित रूपमा सहभागिता जनाउँदै आएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो सन्न्यासको निर्णय सार्वजनिक गरेका हुन् । उनले आफ्ना समर्थकलाई धन्यावाद पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । नेपालका विभिन्न हिमाल आरोहणका निम्ति ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार

काठमाडौँ, १५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सडक

काठमाडौँ, १५ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका