एसियाली खेलकुदमा सहभागी हुन सन्दीप लामिछाने चीन प्रस्थान

काठमाडौँ, ९ असोज । १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन नेपाली टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछाने आज चीनतर्फ प्रस्थान गरेका छन् ।

उनले मानसिक तनावका कारण आफू चीन नजाने बताएका थिए । नेपाल क्रिकेट सङ्घ (क्यान) का नवनिर्वाचित पदाधिकारीहरूले सम्झाएपछि उनी चीन जान तयार भएका हुन् । त्यसपछि मंगलबार उनी एसियाली खेलकुदमा सहभागी हुन चीन प्रस्थान गरेका हुन् ।

एसियाली खेलकुदमा पुरुष क्रिकेट सेप्टेम्बर २७ देखि सुरु हुँदै छ । टी—२० ढाँचामा खेलाइने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल मङ्गोलियासँग खेल्नेछ । काठमाडौँ जिल्ला अदालतमा आफूविरुद्ध मुद्दा चलिरहे पनि सन्दीपले यसअघि जिम्बाबेमा एकदिवसीय विश्वकपको छनोट तथा पाकिस्तान र श्रीलङ्कामा एसिया कप क्रिकेट खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । नेपालका विभिन्न हिमाल आरोहणका निम्ति ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार

काठमाडौँ, १५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सडक

काठमाडौँ, १५ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका