सडकमा माटो झार्ने बिलिल कन्टेकलाई महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौँ, ५ असोज । सडकमा माटो झारेको भन्दै बिलिल कन्टेकलाई काठमाडौँ महानगरपालिकाले ५० हजार रूपैयाँ जरिवाना तिराएको छ ।

आज बिहान काठमाडौँ महानगरपालिका-११ स्थित थापाथलीमा बिलिल कन्टेकले सडकमै माटो झारेको पाइएपछि जरिवाना तिराइएको महानगर नगर प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार नै सडक पेटीमा निर्माण सामग्री राखी सडक अवरुद्ध गरेको भन्दै वडा नम्बर ९ तिलगंगा निवासी सुदर्शन कँडेललाई पनि २५ हजार रूपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको

काठमाडौँ, ९ असार । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १६ सय रुपैयाँले

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, ९ असार । पोखरामा भारतीय पर्यटक खचाखच भएपछि त्यहाका होटल भरिभराउ भएका छन् । होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष