दयाहाङ र आँचलको ‘डिग्री माइला’को छायांकन सुरु

काठमाडौँ, ५ असोज । रामबाबु गुरुङको निर्देशन रहने फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकन सुरु भएको छ ।

गत शनिबार नक्साल भगवती मन्दिरमा शुभमुहूर्त गरिएको फिल्मको शुक्रबारदेखि ओखलढुङ्गास्थित रुम्जाटारबाट छायांकन सुरु भएको हो ।

पहिलो चरण ओखलढुङ्गा र दोस्रो चरण काठमाडौंमा हुने फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको जोडी बाँधिने छ । विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङलगायतको पनि अभिनय फिल्ममा देख्न सकिन्छ ।

२०७१ सालमा मण्डला थिएटरमा तीनपटकसम्म मञ्चन भएको ‘डिग्री माइला’ नाटकको आइडियामा रहेर यो फिल्म बन्न लागेको हो । त्यस नाटकलाई दयाहाङ राईले निर्देशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि रुसी महासङ्घका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा

काठमाडौँ, ३ असार । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुख डोलप्रसाद (डीपी) अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् ।  आजको प्रतिनिधिसभा

काठमाडौँ, ३ असार । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा

काठमाडौँ, ३ असार । पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेकाले आज पहाडी तथा