४ करोड १८ लाख निक्षेप खाता सुरक्षित

काठमाडौँ, ५ असोज । बैंक तथा वित्तीय संस्थाका ४ करोड १८ लाख निक्षेप खाता सुरक्षित छन् । हालसम्म निक्षेप तथा कर्जाको सुरक्षण (बीमा) गर्ने  जिम्मा पाएको निक्षेप तथा कर्जा सुरक्षण कोषले उक्त प्राकृतिक निक्षेपकर्ताको १२ खर्ब ८८ अर्ब निक्षेप सुरक्षित राखेको हो ।

तर हालसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा करिब ५ करोड ११ लाख ७७ हजार हाराहारीमा निक्षेप खाता रहेका छन्। एउटै व्यक्तिको ४–५ बैंकमा खाता हुँदा जनसंख्याभन्दा बढी खाता देखिएको छ ।

साथै, कोषले करिब १७ लाख ऋणीको ८० अर्ब रुपैयाँ कर्जा समेत सुरक्षित गरेको छ । तर नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा १८ लाख ४५ हजार २१३ कर्जा खाता सञ्चालनमा छन् ।

कोषले उक्त निक्षेप र कर्जाको सुरक्षा दिइरहेकाले साना उद्यमीदेखि आम निक्षेपकर्ता सुरक्षित भएको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताए। बिहीबार कोषको ५० औं वार्षिकोत्सव कार्यक्रममा उनले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बदल्न निक्षेप तथा कर्जा सुरक्षण कोषले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन । यसका लागि निजी क्षेत्रले पनि सकारात्मक तरंग फैलाउन उनले अनुरोध गरे ।

लघु वित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, कृषि कर्जा सुरक्षणजस्ता कर्जा सुरक्षणको बैंक तथा वित्तीय संस्थालाई दुरदराजमा रहेका निम्न वर्गको पहुँचमा यसले कार्य क्षेत्र विस्तार गरेको उनले बताए।

उनले भने, ‘अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बदल्न निक्षेप तथा कर्जा सुरक्षण कोषले महत्वपूर्ण भूमिका खेल्न सक्ने छ। यसको पहुँच विस्तार भइरहेको छ। साना उद्यमीदेखि आम निक्षेपकर्तालाई सुरक्षा प्रदान गरेको छ। लघु वित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, कृषि कर्जा सुरक्षणजस्ता कर्जा सुरक्षणको बैंक तथा वित्तीय संस्थालाई दुरदराजमा रहेका निम्न वर्गको पहुँचमा यसले कार्य क्षेत्र विस्तार गरेको छ।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ जेठ । भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ । भारतीय वायुसेनाको एएन–३२ परिवहन विमान शनिबार

एजेन्सी, ३० जेठ । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार

एजेन्सी, ३० जेठ । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ । असममा अवस्थित जोरहाट एयर

एजेन्सी, ३० जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै युक्रेनले तीव्र पारेका आक्रमणहरूले रुसी अर्थतन्त्र र समाजलाई क्षति पुर्‍याइरहेको स्वीकार