एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ, ४ असोज । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा सार्वजनिक गरेको छ । गत साउन २६ र २७ गते सञ्चालन भएको २०७९ सालको पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको नतिजा अनुसार ६६.९७ प्रतिशत विद्यार्थीले ग्रेड वृद्धि गरेका छन् । परीक्षामा १ लाख १३ हजार ३१३ विद्यार्थी सहभागी थिए । जसमा एक जना विद्यार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ । ग्रेड वृद्धि परीक्षा दिएका ३७ हजार ४१६ जना विद्यार्थीले ग्रेड वृद्धि गर्न नसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ ।

आफ्नो नतिजामाथि चित्त नबुझेको खण्डमा पुनर्योगका लागि १५ दिनको समय दिइएको छ । असोज १९ गतेभित्रमा ग्रेडबृद्धि परीक्षाको परीक्षाफलमा कुनै विषयको ग्रेडमा चित्त नबुझी पुनर्योग गर्न चाहेको खण्डमा ५०० रुपैयाँ तिरेर निवेदन दिन सकिनेछ ।

प्रकाशित नतिजामा कुनै प्राविधिक वा अन्य कुनै कारणले त्रुटि भए नतिजा प्रकाशन हुन नसकेको अवस्थामा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईको सिफारिसमा नतिजा प्रकाशन भएको मितिले ६ महिनाभित्रमा निवेदन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको

काठमाडौँ, १५ भदौ । २०८३ साल भदौ १५ गते सोमबारको राशिफल । मेष : दिन सामान्य छ। तपाईंका विरोधी साथी सक्रिय

काठमाडौँ, १४ भदाै । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ

काठमाडौँ, १४ भदौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित घर फर्किने क्रममा सवार यात्रुवाहक बस नवलपरासी