अनेरास्ववियुद्वारा मदन भण्डारी मेमोरियल लेक्चर सिरिजको प्रथम संस्करण सम्पन्न

काठमाडौँ, ४ असोज । नेकपा एमालेको जनवर्गीय संगठन अनेरास्ववियुले मदन भण्डारी मेमोरियल लेक्चर सिरिजको प्रथम संस्करण सम्पन्न गरेको छ ।

अनेरास्ववियु उपत्यका विशेष वागमती प्रदेश कमिटीले आज काठमाडौँमा आयोजना गरेको ‘प्रतिभा पलायनः सामाजिक चुनौती वा विश्वव्यापी अवसर’ शिर्षकमा मदन भण्डारी मेमोरियल लेक्चर सिरिजको प्रथम संस्करण सम्पन्न भएको छ । नेपाली युवाहरु रोजगारी तथा शैक्षिक विकासको लागि नेपाल छोडेर अन्य मुलुक गई योग्य तथा दक्ष युवाहरुले आफ्नो भूमिलाई समृद्धि बनाउने नभई अन्य मुलुकलाई विकसित बनाउने कार्यहरु भइरहेको प्रति सचेतना स्वरुप कार्यक्रम आयोजना गरिएको हो । दक्ष, बौद्धिक तथा योग्य नवयुवाहरु विदेश गएर ज्ञान, सीप तथा क्षमताको विकास गरी नेपाल फर्कने नभई देश सधैंको लागि छोडेर जानेको संख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै युवालाई नेपालमा नै उचित स्थान तथा रोजागरीको व्यवस्थापन गर्ने योजनाको बारेमा छलफल भएको आयोजकले जानकारी दिएको छ ।

उक्त कार्यक्रमको प्रमुख वक्ता नेकपा एमालेका उपमहासचिव, पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यस बिषयमा बसाई सराईको मानवीय ईतिहासको सन्दर्भ, प्रतिभा पलायनको विभिन्न देशको अवस्था, नेपालमा प्रतिभा पलायनको कारणहरू र समग्रतामा ब्रेन ड्रेनलाई ब्रेन ग्रेनमा परिणत गर्न सकिने विषयमा भनाईहरू राख्नु भएको थियो ।

कार्यक्रमको अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले संगठनको तर्फबाट धारणा राख्नु भएको थियो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा विद्यार्थी ईन्चार्ज किशोर विक्रम मल्ल, युवा विद्यार्थी विशेष कमिटीका अध्यक्ष रामजी सापकोटा, उपाध्यक्ष धर्म गिरी, मर्यादा बिष्ट, महासचिव नरेश रोकायालगायतका नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता प्रदेश कमिटी संयोजक विशाल न्यौपानेले गर्दै आगामी दिनमा विभिन्न समसामयिक विषयहरूलाई उत्खनन गर्नका लागि लेक्चर सिरिजलाई निरन्तरता दिइने जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडैँ, १३ भदाै । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका

काठमाडौँ, १३ भदाै । नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारू गरेको छ । यसबाट उक्त जलविद्युत्

काठमाडौँ, १३ भदाै । नेपाल प्रहरीले कञ्चनपुरबाट दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ । आज दिउँसो कर्नाटकबाट आएका भारतीय प्रहरीका

काठमाडौँ, १३ भदाै । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सुरु गरेको छ । शुक्रबारबाट