शिक्षकहरूको आन्दोलनले काठमाडौँ अस्तव्यस्त

काठमाडौँ, ४ असोज । काठमाडौँको ट्राफिक अवस्था आज पनि अस्तव्यस्त भएको छ । शिक्षा विधेयकको विरोधमा बुधबारदेखि नै काठमाडौंमा शिक्षकहरूले प्रदर्शन थालेपछि ट्राफिक अवस्था अस्तव्यस्त हुन पुगेको हो ।

बुधबारदेखि थालेको प्रर्दशन बिहीबार समेत जारी राखेका छन् । बुधबार शान्तिपूर्ण रूपमा उत्रिएका शिक्षकहरू बिहीबार भने केही उग्र देखिएका छन् ।

प्रहरी र शिक्षकबीच बानेश्वरमा घम्साघम्सी समेत भएको छ । देशभरबाट आएका शिक्षकहरू काठमाडौंका सडकमा उत्रिएका छन ।

शिक्षकहरूको प्रदर्शनका कारण माइतीघर, सिंहदरबार, थापाथली हुँदै संसद् भवन नयाँ बानेश्वरसम्मको ट्राफिक अवस्था पूर्ण प्रभावित भएको छ ।

विधेयक मस्यौदामाथि नेपाल शिक्षक महासंघले दिएका सुझावहरूलाई समावेश नगरी संसद्मा पेस गरिएको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः