अनिल कपुरको आवाज–तस्बिर मनलाग्दी प्रयोग गर्न नपाइने

काठमाडौँ, ३ असोज । बलिउड अभिनेता अनिल कपुरले अदालतमा याचिका दायर गरेर आफ्नो व्यक्तित्वको अधिकारको सुरक्षा र संरक्षणको माग लगाएका छन् । सोसल मिडिया प्लेटफर्ममा उनको नाम प्रयोग भएकोमा उनले आपत्ति जताएका छन् । यसले आफ्नो छवि खराब पारिरहेको र व्यक्तित्वमा पनि असर पारेको उनले बताएका छन् । उनको यो याचिकामा अदालतले उनको पक्षमा निर्णय सुनाएको छ । 

अनिल कपुरले दिल्ली उच्च अदालतमा निवेदन दिएर आफ्नो व्यक्तित्वको अधिकारको सुरक्षा र संरक्षणको माग गरेका छन् । अनिलको याचिकामा भनिएको छ – विभिन्न प्लेटफर्ममा मेरो नाम, आवाज र तस्बिरका साथै मेरो व्यक्तिगत चिजको गैर कानुनी रूपमा प्रयोग गरिएको छ । यसले मेरो छविमा गलत असर परिरहेको छ । 

यसमा रोक लगाउनका लागि अनिलले अदालतसमक्ष समुचित आदेश जारी गर्न निवेदन दिएका हुन् । यो निवेदनमा अनिलले थपेका छन्, ‘विभिन्न सोसल मिडियासहित अन्य प्लेटफर्म जस्तै जोन, डजमा मेरो नामको प्रारम्भिक अक्षर एके अथवा मद्वारा अभिनीत चरित्रको नाम लखन, मिस्टर इन्डिया, मजनू भाइ, झक्कास जस्ता शब्दको गलत प्रयोग गरिएको छ । यति मात्रै होइन, मेरो नाम, तस्बिर र अन्य निजी पहिचानलाई अवैध तरिकाले सार्वजनिक र व्यावसायिक प्रयोग गरिएको छ । ती मेरो अनुमति वा जानकारी बिना अन्धाधुन्ध तरिकाले भइरहेको छ । ’

यसका लागि अनिल कपुरले दिल्ली उच्च अदालतबाट राहत पाएका छन् । दिल्ली उच्च अदालतले अनिल कपुरको आवाज, नाम, तस्बिरको उनको अनुमति बिना व्यावसायिक उद्देश्यले प्रयोग नगर्न आदेश दिएको छ । अब यो आदेश पछि उनको अनुमति बिना उनको फोटो, आवाज र भिडियोको दुरुपयोग गरे उनीहरुले कानुनी समस्या झेल्नुपर्ने हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० जेठ । Cyber Security Research and Innovation Nepal (CSRI Nepal) का अध्यक्ष तथा सूचना प्रविधि विज्ञ डा. शालिग्राम पराजुलीले

काठमाडौँ, ३० जेठ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको टिप्पणी गरेका छन् ।

काठमाडौँ, ३० जेठ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर मोडमा रहेको बताएका छन् । सिन्धुपाल्चोक पुगेका उनले भने, ‘सीमा

काठमाडौँ, ३० जेठ । विभिन्न ७ बुँदे माग राखेर डाक्टरहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।  आज उनीहरुले प्रशिक्षार्थी चिकित्सकको ड्युटी