माेहम्मद सिराज बने नम्बर १ बलर

काठमाडौँ, ३ असोज । एसिया कप क्रिकेटकाे फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने भारतीय बलर माेहम्मद सिराज आईसीसीकाे एकदिवसीय वरीयतामा पहिलाे नम्बरमा उक्लिएका छन् ।

एकदिवसीय बलिङकाे वरीयतामा सिराजले ८ स्थान सुधार गरेका हुन् । सिराजले एसिया कपमा १० विकेट लिएका थिए । यस्तै श्रीलङ्कासँगकाे फाइनल खेलमा उनले मात्र २१ रन दिएर ६ विकेट लिएका थिए । फाइनलमा श्रीलङ्का मात्र ५० रनमा आउट भएकाे थियाे । भारतले फाइनल खेल १० विकेटले जितेकाे थियाे ।

सिराज अस्ट्रेलियाका जाेश हेजलवुडलाई पछि पार्दै पहिलाे नम्बरमा पुगेका हुन् । एकदिवसीय बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने यथावत् स्थानमा रहँदा दीपेन्द्रसिंह ऐरी, करण केसी, साेमपाल कामी र ललित राजवंशी १/१ स्थान तल झरेका छन् । नयाँ वरीयताअनुसार दीपेन्द्र ६८, करण ८७, साेमपाल ९३ र ललित ९७ औँ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौँडा, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान

मकवानपुर, २४ भदौ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ

काठमाडौँ, २४ भदौ । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको