अष्ट्रेलियाले भन्यो – क्यानडामा भएको हत्यामा भारतको संलग्नता ‘चिन्ताजनक’ 

एजेन्सी, ३ असोज । अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वोंगले क्यानडामा भएको हत्यामा भारतको संलग्नता हुनु ‘चिन्ताजनक’ विषय भएको बताएकी छन् । 

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क पुगेकी उनले मिडियाँहरूसँग कुराकानी गर्दै उक्त कुरा बताएकी हुन् । “अहिले घटनाको अनुसन्धान चलिरहेको छ,” वोंगले भनिन्, “तर यो रिपोर्ट चिन्ताजनक छ । हामी हाम्रा सहयोगीसँगै यो घटनालाई नजिकबाट नियालिरहेका छौँ ।” 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाको संसद्‌मा ब्रिटिस कोलम्बियामा भएको एकजना शिखको हत्यामा भारतको संलग्न रहेको बताएका थिए । उनले भारतले क्यानडाको संप्रभुताको सम्मान नगरेको र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको आरोप लगाएका थिए ।

“कुनै पनि देशको संप्रभुताको सम्मान गर्नुपर्छ भन्ने अष्ट्रेलियाको मान्यता छ । कानुनी शासनको सम्मान हुनुपर्छ भन्ने हाम्रो विश्वास हो,” अष्ट्रेलियाकी विदेशमन्त्रीले भनिन् । सोमबार क्यानडाका प्रधानमन्त्रीले हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको बताएपछि क्यानडाको विदेश मन्त्रालयले एक भारतीय कूटनीतिज्ञलाई देशबाट निष्कासन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३