बढ्यो सुनको मूल्य

काठमाडौँ, १ असोज । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा आजपनि सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ ।

महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो । सुनको मूल्य हिजो तोलामा ५०० रुपैयाँले बढेको थियो । आज २०० रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ ।

हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै, आज चाँदीको कारोबार प्रतितोला १४ सय ५ रुपैयाँमा भइरहेको छ । ५ रुपैयाँले बढेपछि हिजो आइतबार चाँदीको कारोबार मूल्य तोलामा १४ सय रुपैयाँ कायम थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । स्विट्जरल्यान्ड क्यानडालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को ‘नकआउट’ चरणमा प्रवेश गरेको छ । क्यानडाको भ्यानकुभरस्थित

काठमाडौँ, ९ असार। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको इतिहासमा सर्वकालीन उच्च गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखएका छन् । अमेरिकाको

काठमाडौँ, ३ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सन् २०२६ मा जापानमा आयोजना हुने २० औँ एशियाली

काठमाडौँ, २ असार । नेकपाका सांसद प्रमेशकुमार हमालले विश्वकप निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । आजको प्रतिनिधिसभा