एजेन्सी, २६ भदौ । उत्तर कोरियाली नेता किम जोङ उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुस पुगेका छन् ।
यसअघि उनी रुस जाँदा उत्तर कोरियाको सरकारी मिडियाले एउटा तस्बिर सार्वजनिक गरेको थियो जसमा किम जोङ उन आफ्नो सशस्त्र रेलमा रुस जानुअघि प्योङयाङका जनतालाई अभिवादन गरिरहेका थिए ।
सरकारी सञ्चारमाध्यम केसीएनएले उनको साथमा सैनिक कर्मचारीसहित उच्च सरकारी अधिकारीहरूको समूह पनि रहेको जनाएको छ ।