‘एक-भगवत् गीता’को नाममा भएको विवादमा सहमति     

काठमाडौँ, २४ भदौ । फिल्म ‘एक–भगवत् गीता’को विवाद टुंगिएको छ ।

नामप्रति असन्तुष्टि जनाउँदै चलचित्र विकास बोर्डमा उजुरी दिएका धार्मिक संघसंस्था र निर्माण पक्षबीच आज सहमति भएको हो । 

फिल्म नाम ‘एक भागवत् र एक गीता’ राख्ने सहमति भएको निर्माता सुनीलकुमार थापाले जानकारी दिए । सहमतिसँगै एकले अर्कोलाई सहयोग गर्ने सम्झौता पनि भएको छ ।

विवाद हुँदा निर्माण पक्षले चलचित्र विकास बोर्डबाट सेन्सर सिफारिस पाएको थिएन । विश्व हिन्दु महासंघ नेपाल, हिन्दु जागरण नेपाल, शिव सेना नेपाल, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिलगायत एक दर्जन संघसंस्थाले नाम र यसभित्र रहेको विषयमा आपत्ति जनाउँदै बोर्डमा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका