मर्नु र बाँच्नुको पीडा भयो : झरना थापा

काठमाडौँ, २४ भदौ । निर्देशक झरना थापाले फिल्म ‘एक भागवत् गीता’ चल्न नदिने अवस्था आउँदा मर्नु र बाँच्नुको पीडा भएको बताएकी छन् ।

उनले शनिबार मध्यरातमा सामाजिक सञ्जालमा एक भावुक स्टाटस पोष्ट गर्दै फिल्मको पीडा पोखेकी हुन् । उनले फिल्ममा आफ्नो सारा श्रोत, सम्पत्ति र सपना समेत खर्चिएको बताएकी छन् ।

उनले अगाडि लखेकी छन्, ‘थाहा छैन, प्रिय दर्शकहरुको मायाको तेलले बलिरहेको यो झरना थापा नामको दियो अब बल्न पाउँछ कि पाउँदैन’, ‘सत्य बोलिरहँदा पनि, सहि छु भनेर प्रमाण दिइरहँदा पनि कसैले नसुनिदिएपछि अन्तिममा फैसला त भगवानले गर्नु होला नि होइन रु’ फिल्म क्षेत्रमा आफू तीन दशकदेखि रहेको बताएकी झरनाले फिल्म ‘एक भागवत् गीता’ आफ्नो भगवान् श्रीकृष्णप्रतिको असिम आस्थालाई केन्द्रमा राखेर निर्माण गरेको समेत उल्लेख गरेकी छन् । भन्छिन्– ‘मैले मेरो जीवन भर राष्ट्र, हाम्रो देशको इतिहास, भौगोलिक अखण्डता, सांकृतिक विविधता, धार्मिक आस्था र सहिष्णुतामा आँच आउने कर्म अहिलेसम्म गरेको छैन ।’

केही धार्मिक संगठनको विरोधका कारण झरनाको फिल्म ‘एक भागवत् गीता’ सेन्सर हुन सकेको छैन । २९ भदौमा रिलिज हुने तयारीमा रहेको फिल्मलाई धार्मिक संस्थाहरुको विरोधका कारण चलचित्र विकास बोर्डले सेन्सर सिफरिस दिएको छैन

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका