मोरक्कोमा भूकम्प जाँदा २९६ जनाको मृत्यु

एजेन्सी, २३ भदौ । मोरक्कोमा भूकम्प जाँदा २९६ जनाको मृत्यु भएको छ । 

बीबीसीका अनुसार ६.८ म्याग्निच्यिुडको शक्तिशाली भूकम्प जाँदा २९६ जनाको ज्यान गएको मोरक्कोको गृह मन्त्रालयले बताएको छ ।  

भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर  दक्षिणपश्चिमको उच्च एटलस पर्वतमा रहेको समाचारमा उल्लेख छ । यसको केन्द्र भूमिगत १८.५ किलोमिटर गहिराइमा रहेको बताइएको छ । भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३५० किलोमिटर टाढा रहेको राजधानी रबातमा पनि महसुस गरिएको थियो । 

भूकम्प स्थानीय समयअनुसार राति ११ः११ बजे भएको बीबीसीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्