इंग्ल्याण्डमाथि न्युजिल्याण्डको शानदार जीत

एजेन्सी, २३ भदौ । एकदिवसीय शृङ्खलाको पहिलो खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई ८ विकेटले पराजित गरेको छ । इंग्ल्याण्डले प्रस्तुत गरेको २९२ रनको लक्ष्य न्युजिल्याण्डले २६ बल बाँकी छँदै मात्र दुई विकेटको क्षतिमा पछ्याएको हो ।

न्युजिल्याण्डका लागि डेभन कनवे र डेर्यल मिचेलले शतक बनाउँदै जीतको आधार तय गरे । प्लेयर अफ द म्याच घोषित कनवेले १२१ बलमा १११ रन बनाए । उनले यसक्रममा १३ चौका र १ छक्का हिर्काए ।

त्यस्तै, मिचेलले मात्र ९१ बलमा ११८ रन बनाए । उनले ७ चौका र ७ छक्का हिर्काए । विल यङ र हेनरी निकोलसले क्रमशः २९ र २६ रनको योगदान दिए । इंग्ल्याण्डका लागि डेभिड विली र अदिल रसिद एक–१ विकेट लिए । न्युजिल्याण्डका लागि रचिन रवीन्द्रले ३ तथा टिम साउथीले २ विकेट लिए । जीतसँगै न्युजिल्याण्डले चार खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । विराटनगर महानगरपालिका–१६ ब्रह्माटोलमा एक पुरुष कोठाभित्र मृत अवस्थामा फेला परेका छन् । स्थानीय ४० वर्षीय बब्लु श्रेष्ठ

काठमाडौँ, १६ असोज । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–३ बस्ने

काठमाडौँ, १६ असोज । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १६ असोज । कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक