एजेन्सी, २१ भदौ । रुसले गरेको मिसाइल आक्रमणमा परि १७ जना युक्रेनी नागरिकको मृत्यु भएको छ । ज्यान गुमाउनेमा एक बालक समेत रहेका छन् । घटनामा २८ जना घाइते भएका छन् ।
युक्रेनको व्यस्त सहर कोस्त्यान्तिनिभ्कामा रुसले हिजो मिसाइल आक्रमण गरेको राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बताएका छन । उनले यो आक्रमणलाई अमानवीय रहेको टिप्पणी गरेको समाचार संस्था एएफपीले जनाएको छ । कोस्त्यान्तिनिभ्का सहर युक्रेनको पूर्वी भागमा रहेको दोनेत्स्क क्षेत्रमा पर्छ ।




