पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा फारम अब अनलाइनबाट

काठमाडौँ, १९ भदौ । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा फारम अनलाइनबाटै भर्नमिल्ने भएको छ ।

विश्वविद्यालयले परीक्षालाई व्यवस्थित पार्न सोमबार पूर्वाञ्चल विश्वविद्यालय, विश्विद्यालयबाट सम्बन्धन लिएका निजी कलेजको संगठन पीयूक्यान र मिडासबीच परीक्षा व्यवस्थित बनाउन सम्झौता भएको हो । विश्वविद्यालयलाई पूर्ण रुपमा स्वचालित बनाउन गत वर्षदेखि प्रवेश परीक्षाको फारम अनलाइनबाट सुरु भएको थियो । यसलाई निरन्तरता दिन यस वर्षको शैक्षिक सत्रदेखि सबै परीक्षा फारामहरु अनलाइन गराउन लागेको उपनियन्त्रक मेनुका श्रेष्ठले बताइन् । अनलाइन प्रणालीले शैक्षिक क्यालेन्डर कार्यान्वयनमा सहज हुने उनले बताइन् ।

परीक्षा र नतीजा समयमा नहुँदा विद्यार्थीलाई परेको समस्या हटाउन परीक्षाको फाराम अनलाइनबाटै भर्ने सफ्टवेयरको व्यवस्था गर्न लागेको पीयूक्यानका अध्यक्ष शम्भु कुमार दाहालले बताए । मिडास एजुकेसनका टेक्निकल म्यानेजर रवीन्द्रजंग थापाले विश्वविद्यालयलाई आवश्यक सफ्टवेयर ४ महिनाभित्रै हस्तान्तरण गरिने बताए । अब बन्ने सफ्टवेयरले विद्यार्थी, कलेज र विश्वविद्यालयलाई परीक्षाको फाराम सम्बन्धी काम गर्न सहज हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः