आसिफ शेखले बनाए भारतविरुद्ध अर्धशतक

काठमाडौँ, १८ भदौ । एसिया कप–२०२३ मा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाएका छन् । 

श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालका ओपनर आसिफले ८८ बलमा सात चौकासहित ५० रन पूरा गरेका हुन् । आसिफ दोस्रो ओभरको पहिलो बलमा क्याच आउट हुनबाट बचेका थिए ।

त्यसपछि दोस्रो ओभरको पहिलो बलमा मोहम्मद सिराजले गरेको बलमा आसिफ शेखको क्याच विराट कोहलीले छोडेका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो १०औँ अर्धशतक हो । 

जारी खेलको २२ ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर १०२ रन बनाएको छ । नेपालले यसअघि कुशल भुर्तेललाई व्यक्तिगत ३८ र भीम सार्कीलाई सात रनमा, कप्तान रोहितकुमार पौडेललाई पाँच र कुशल मल्ललाई दुई रनमा गुमाएको थियो । हाल क्रिजमा आसिफसँगै क्रिजमा रहेको गुल्सन झा सात रनमा खेलिरहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत